जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
गण्डकी प्रदेश उपसभामुखका सोकिय सचिव प्रकाश शर्माले आफ्नो ३० औं जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ जना विद्यार्थीलाई ३५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रिय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपि, कलम, माक्स लगायतका सामाग्री वितरण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याइन् ।
समारोहमा सोकिय सचिव शर्माले आफ्नो जन्मदिनको अवसरमा विगत १० बर्षदेखि आफुले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिब एवम् विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिए ।
अपाङ्गता भएका विद्यार्थी भाइबहिनीहरुले आफुलाई कमजोर महसुस नगरिकन शिक्षामा अव्वल हुनुपर्नेमा जोड दिंदै उनले पठनपाठनमा कुनै अप्ठेरो परेको जानकारी गराएमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्फतअपाङ्गता भएका २७६ जना बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवम् निजामती सेवामा प्रवेश गरेको जानकारी दिए ।
कार्यक्रममा समाजसेवीहरु गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सवैले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु