नवलपुरमा अटो चालक तलाउमा डुबेको अवस्थामा मृत फेला

नवलपुरमा अटो चालक तलाउमा डुबेको अवस्थामा मृत फेला

Dubera mrityu

File Photo

नवलपरासी पूर्वमा एक अटो चालक तलाउमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

कावासोती नगरपालिका– १३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् ।

उनले चलाउने गरेको अटो सडक छेउमा भेटिएको छ । स्थानीयका अनुसार गएराति घरमा रहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा कतै पु¥याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए ।

उनको हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds