जेष्ठ नागरिकका हक हितमा कृयाशिल संस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।
संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशिर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो । दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ ।
ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार २०७२ सालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत हालसम्म एकसय बर्षदेखि ११५ बर्षसम्मका समाजका १२ जना आमा बुवालाई उनीहरुको घरमै पुगेर सम्मान गरिंदै आएको छ ।
“समाजका जेष्ठ नागरिकहरुले आप्mनो जीवनको उर्जाशित समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका हुन्छन्” अध्यक्ष श्रेष्ठले भने, “पछिल्लो समय सन्तान आफ्नो जिम्मेवारीबाट बृद्ध आमा बुवाप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पन्छिने प्रचलन बढेकोमा दुःख लाग्दछ ।”
संस्थाले पोखरा महानगरपालिका वडा नं. ३१ पचघैया ११५ बर्षीय धन कुमारी गुरुङ, भक्तपुर नगरकोट की १०७ बर्षीय सुनकान्छी लामिछाने, पोखरा १२ सितलादेवीका लालबहादुर गुरुङ र १०२ बर्षीय यारु गुरुङ, पोखरा १९ पुरन्चौरकी १०१ बर्षिय धनमाया गौतम, पोखरा ३२ लामेआलकी १०२ मानकुमारी श्रेष्ठ, कास्की लिप्यानी १०१ बर्षीय तिलोत्तमा न्यौपानेलाई सम्मान गरि सकेको छ ।
त्यसैगरि मादी गाउँपालिका तारकांङका १०१ बर्षिय वामदेव सापकोटा, पोखरा १० १०३ बर्षिय कुलबहादुर गुरुङ, पोखरा १३ आर्वाका १०२ बर्षीय टिकाराम बराल, पोखरा २७ कन्दनिडाँडास्थित पूर्व सभामुख तारानाथ रानाभाटकी १०१ बर्षिय आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशव प्रसाद ढकालले बताए ।
सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जिवितै छन् भने अन्य सम्मानित समाजका अग्रज आमा बुवाको स्वर्गारोहण भई सकेको यहाँ आयोजित एक जेष्ठनागरिकको सम्मान कार्यक्रममा उनले जानकारी गराएका हुन् ।
१०४ बर्षीय गौतमलाई निवासमै पुगेर सम्मान
पोखरा महानगरपालिका वडा नं. ७ माछापुच्छ्रे टोल निवासी १०४ बर्षीय इन्द्रकला पाध्या गौतमलाई सोमवार सम्मान गरिएको छ । जेष्ठनागरिक सरोकार समाज नेपालले सम्मान गरेको हो ।
उनको निवासमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै सुस्वास्थ्य र दिर्घायुको कामना गरे ।
कार्यक्रममा सम्मानित आमा गौतमले नौ बर्षको उमेरमा विवाह भएको तथा सो अवस्थामा चाम्दानीमा बोकेर लगेको अलिअलि थाहा भएको बताइन् ।
सानै उमेरमा विवाह हुँदा किन लगेका हुन आफुले के गर्नुपर्दछ भन्ने कुनै अनुभव नभएको बताउँदैै गौतमले दुई छोरा र दुई छोरी गरि चार सन्तानकी आमा भएको, आँफू ३० बर्षको हुँदा नहुँदै श्रीमानको स्वर्गारोहणले परिवार भावविहिल बन्न पुगेको आप्mनो विगतको स्मरण गरिन् ।
कार्यक्रममा छोराहरु दण्डपाणी र इश्वरवन्दु गौतम र छोरी प्रेमकुमारी आर्यालयको उपस्थितमा पोखराकै अग्रज आमालाई सम्मान गरिएको संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा परिवार, समाज र राष्ट्रका निधिका रुपमा रहनुभएका सम्मानित जेष्ठनागरिकहरु सहित विविध गतिविधिको संगालो ज्येष्ठ नागरिक आवाज बार्षिक मुखपत्र प्रकाशित गर्दै आएको संस्थाका सचिव इच्छाबहादुर वाग्लेले स्पष्ट पारे ।
संस्थाका आजिवन सदस्यहरुको हकमा भने ७५ बर्षको उमेरमा सम्मान गर्दै आएको छ । हालसम्म ४०० जनालाई सम्मान गरिएको बताउँदै उनले संस्थाको आजिवन सदस्य बन्नका लागि एकमुस्ठ तीन हजार ५०० रुपैयाँ तोकिएको जनाकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो