नेपाली कांग्रेसको विधानमा व्यवस्था भएबमोजिम कास्की जिल्लाका विभिन्न पालिकाहरुका विभिन्न वडामा टोल कार्य समिति गठन गर्ने कार्यलाई तिव्रता दिन थालीएको छ । टोल कार्य समिति गठन गर्ने प्रक्रिया अगाडी बढाउन कतिपय वडा समिति स्वयं सक्रिय भईरहेका छन् भने कतिपय वडामा सम्बन्धित पालिका र जिल्ला समितिले समेत प्रतिनिधि खटाउने गरेको छ ।
यसै बिच पोखरा महानगरपालिका –६ वडा समितिले विभिन्न टोलहरुमा कांग्रेसको टोल कार्य समिति गठन गर्ने कार्य अभियानको रुपमा अगाडी बढाएको छ । शनिबार वडा कार्यसमितिको पहलमा जेष्ठ नागिरिक सम्मान सहित टोल कार्यसमिति गठन गरेको छ । जिबन रेग्मीकोे सभापतित्वमा गठित समितिको उपसभापतिमा दिल श्रेष्ठ, सचिबमा मुना कोइराला पहारी, सहसचिवमा याम तिमिल्सीना, कोषाध्यक्षमा सन्दीप पहारी, र सदस्यहरूमा सुदिप गिरी, सिता पौडेल, तोड बहादुर थापा, कृष्ण पहारी र अभिनास नेपाली लगायत छन् । बाँकि थप सदस्य समितिले नै मनोनित गर्ने गरि समिति गठन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका ससचिव शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको निति नै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताए । आगामि जेठ महिनामा हुने स्थानिय चुनावको तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने, जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उनको भनाई थियो ।
नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए । उनले मतदाताहरुको नामावली थप गर्न र चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सके मात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए ।
पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सके मात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए ।
टोल सभापति हरिशचन्द्र्र पहारीको सभा–अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजि कुवँर, पूर्व टोल सभापति बिरबहादुर थापा, इकाइ सदस्य दिलश्रेष्ठ, नगर सदस्य शान्ता तिमिल्सीना, सल्लाहकार तेजनारायण पराजुली, पूर्व सभापति नेत्रपाणि न्यौपाने, पूर्व सभापति दिपकबिर कुवँर, प्रदेश प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी र सचिव प्रकाश न्यौपाने लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधानअनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याएका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो