पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताएका छन् । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबकोपर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताएका हुन्।
गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उनले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय उत्पादन गर्नुपर्नेमा जोड दिए । सडक संजाल विकासको आधार भए पनि समयमै सडक तथा बाटो खन्दा ध्यान दिन नसक्दा केही ठाँउमा विकाससंगै विनास बाढी तथा पहिरो समेत जाने गरेको दाबी गरे ।
पुम्दी भुम्दीको समग्र विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै आएकोले भोलिका दिनमा समेत त्यसलाई निरन्तरता दिने मन्त्री बरालले जनाए । अर्चलवोट आमा समुहका अध्यक्ष रमा बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, नेकपा एमाले पोखरा २२ का अध्यक्ष राजेन्द्र अधिकारी, पोखरा २२ काग्रेंसका सभापति हुमप्रसाद बराल, उपसभापति खडानन्द बराल, माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का उपाध्यक्ष गणेश बहादुर गुरुङ, कन्चन कम्यूटरका संचालक चिन्त्तामणि बाँस्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का, भयरथान टोल विकास संस्थाका अध्यक्ष भगवान बाँस्तोला समुहका सदस्य रन्जना ढुंगाना बाँस्तोला लगायतले बोलेका थिए ।
यसैबिच तल्ला गाउँ आमा समुहले मंगलबार एक समारोहका बिच मन्त्री बराललाई आफ्नो गाउँमा स्वागत गर्दै सडकको कारण बर्षादको भलपानीले आफुहरुको बस्ती नै जोखिममा भएको उल्लेख गर्दै त्यसलाई व्यबस्थापन गर्न माग गरेको छ । उक्त कार्यक्रममा बोल्दै मन्त्री बरालले सडक बाटोको कारण बस्ती नै जोखिममा परेको अबस्थामा त्यसको रोकथामको लागि पहल गर्ने बताए । तल्ला गाउँ आमा समुहका अध्यक्ष शावित्री भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नवराज बराल, स्थानिय युवा शिव भुजेल, स्थानिय निर्मल भुजेल, समुहका सचिव लक्ष्मि बराल, गौरी आधारभूत बिद्यालयका प्रध्याानाध्यापक याम बहादुर भुजेल लगायतले सडक बाटोको कारण उक्त तल्लो गाउँ नै बाढी र पहिरोको उच्च जोखिममा भएको गुनासो गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो