संरक्षित वन्यजन्तु भालुको पित्तसहित लमजुङका क्षेत्री काठमाण्डौबाट पक्राउ

संरक्षित वन्यजन्तु भालुको पित्तसहित लमजुङका क्षेत्री काठमाण्डौबाट पक्राउ

pakrau

काठमाडौं।  भालुको पित्तसहित प्रहरीले लमजुङका एक व्यक्तिलाई पक्राउ गरेको छ।

टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

टोखा नगरपालिका-९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ