पर्वतमा हसियाले हिर्काएर श्रीमतीको हत्या

पर्वतमा हसियाले हिर्काएर श्रीमतीको हत्या

hatya_

पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोलामा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले हसिया प्रहार गर्दा अन्दाजी ४१ वर्षीया श्रीमती सीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान १० बजे परियारले श्रीमती सीतामाथि हसिया प्रहार गरेको र उनको मृत्यु भएको हो । मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले राजुसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ