आज भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

आज भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

valentine day

पोखरा । आज १४ फेब्रुअरी । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।

पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

विशेषगरी युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।

आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।

‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds