पोखरा । अमेरिकी सहायता परियोजना (एमसीसी) लाई संसदमा टेबुल गर्ने भनिएको दिन आज यस सम्झौतालाई राष्ट्रघाती भन्दै ६ विभिन्न राजनीतिक दल तथा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।
पोखरामा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् । निजी सवारी मात्र कमैले चलाएका छन् । पोखराका मूख्य बजार क्षेत्र सुनसान जस्तै छ । भित्री सडक खण्डका केही पसलहरू खुलेका छन् । मूख्य मूख्य चोकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पोखरासहित कास्कीका एक दुई स्थानमा बिहानै बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै प्रतिवाद गरी निस्तेज पारिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले कास्कीको अवस्था सामान्य रहेको बताएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएका कारण पनि सरकारी कार्यालय, विद्यालयहरु खुलेका छैनन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह