पोखरा । अमेरिकी सहायता परियोजना (एमसीसी) लाई संसदमा टेबुल गर्ने भनिएको दिन आज यस सम्झौतालाई राष्ट्रघाती भन्दै ६ विभिन्न राजनीतिक दल तथा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।
पोखरामा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् । निजी सवारी मात्र कमैले चलाएका छन् । पोखराका मूख्य बजार क्षेत्र सुनसान जस्तै छ । भित्री सडक खण्डका केही पसलहरू खुलेका छन् । मूख्य मूख्य चोकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पोखरासहित कास्कीका एक दुई स्थानमा बिहानै बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै प्रतिवाद गरी निस्तेज पारिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले कास्कीको अवस्था सामान्य रहेको बताएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएका कारण पनि सरकारी कार्यालय, विद्यालयहरु खुलेका छैनन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’