टी–२० विश्वकप छनोटः नेपाल सेमिफाइनल नजिक

टी–२० विश्वकप छनोटः नेपाल सेमिफाइनल नजिक

Nepali-Cricket-Team

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा आज २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो ।

नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

चार अंकसहित शीर्ष स्थानमा रहेको नेपालको रनरेट पनि ४ दशमलव ३७५ रहेको छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ अंक छ भने रनरेट २ दशमलव ५१२ रहेको छ । तेस्रो स्थानको ओमानको पनि २ अंक नै छ तर रनरेट माइनस ५६३ रहेको छ । फिलिपिन्स बाहिरिसकेको छ ।

ग्लोबल छनोटमा ८ वटा देश दुई वटा समूहमा छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । दुई समूहबाट शीर्ष दुई-दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds