अभिनेता पल शाहविरूद्ध गैंडाकोटमा अर्को उजुरी

अभिनेता पल शाहविरूद्ध गैंडाकोटमा अर्को उजुरी

paul-shah

नवलपुर । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन् ।

आज आइतबार आफन्तहरूसहित पुगेकी पीडित गायिकाले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिएकी हुन् ।

प्रहरीका अनुसार पल शाहले पीडित गायिकालाई ७ चैतमा गैंडाकोटको एक रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी गरेको आरोप उजुरीमा उल्लेख छ। ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ उजुरीमा भनिएको छ ।

जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने÷नहुने टुंगो हुने प्रहरीले जनाएको छ ।

१७ वर्षीया ती गायिकाले यसअघि पनि जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा शाहविरूद्ध जबरजस्ती करणीको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ