पोखरा । पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ ।
पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी हुन् । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।
उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर गुरुङले महानगर पालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिइन् । धार्मिक पार्क पनि त्यहीमध्येको एक हो,’ ग्ुरुङले भनिन्, ‘पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बमोजिम धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका छौँ । आज पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उदघाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ ।’
उप.प्रमुख गुरुङले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै पोखरा उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताइन् । पार्क स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले धार्मिक पार्क र योग पार्कहरु बन्दै जानु पर्ने कुरामा उनले जोड दिइन् ।
पोखरा महानगर पालिका वडा न– ६का वडा अध्यक्ष जगतबहादुर पहारीले सांस्कृति सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए । पोखरा महानगर पालिकाको वडा नम्बर–६ मा निर्माणधिन धार्मिक योग पार्क निर्माणका लागि पनि वडा कार्यालयले सहयोग गरेको छ,’ उनले भने, ‘यो सहयोगबाट यस्तो सुन्दर पार्क बन्दा खुशी लागेको सुनाए ।’
पार्क निर्माणका परियोजनाकार अनिल थापाले पोखरा महानगर पालिका बाट ६ लाख ७४ हजार र स्थानियहरुबाट चन्दा स्वरुप प्राप्त भएको ६ लाख २७ हजार २ सय २ रुपैया समेत गरि जम्मा १३ लाख १ हजार २ सय २ रुपैयामा पार्क निर्माण सम्पन भएको जानकारी गराए ।
निर्माण समितिका अध्यक्ष लभ भुजेलले महानगरपालिका सगँ संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेकोले पार्क निर्माण सम्पन्न गर्ने सफल भएको बताए ।
अध्यक्ष लभ भुजेलको सभाअध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यलयका प्रोफेसर दिपेन्द्र पहारी , डा. डार्विन लामिछाने र पन्डित गुरुदत्त पहारी लगाएतकाले आफ्न भनाई राखेका थिए । कार्यक्रममा पार्क निर्माण र सर्वेश्वर शिव मन्दिरको जिणोद्धार मा सहयोग गर्नु हुने सहयोगदातालाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो