बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

beni road

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

करिडोरको बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि यो सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको हो ।

कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा उक्त सडक बन्द गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ