लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू जारी

लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू जारी

lamjung prasasan

लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको हो ।

सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको हिजो (मंगलबार) मृत्यु भएपछि तनाव बढ्नसक्ने भन्दै कर्फ्यू लगाइएको हो ।

हिजो दिउँसो मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा डुबेर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठको मृत्यु भएको थियो । विद्यार्थीको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जनाइएको छ ।

छात्राबासका वार्डेनले बिदाको दिन (मंगलबार) विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ