पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

paul-shah

नवलपुर । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

१७ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

शाहविरुद्ध दिएको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।

अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।

हाल जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका पलमाथि अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ