नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई

नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई

Bhupendra-Thapa-Magar

काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले ३० लाख रुपैँया र ट्रफी पाए ।

नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds