आदिवासि जनजाति महासंघ केन्द्रीय अध्यक्षमा शेर्पा

आदिवासि जनजाति महासंघ केन्द्रीय अध्यक्षमा शेर्पा

276663883_451282516735116_3618998569475727815_n

नवलपुर । आदिवासि जनजाति महासंघको केन्द्रीय अध्यक्षमा गोल्जेन लामा शेर्पा निर्वाचित भएका छन् ।

नवलपुरको कावासोतीमा बिहीबार राति सम्पन्न चुनावमा आफ्नो प्रतिद्वन्दि सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् ।

शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गरेका छन् ।

यस्तै, महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित भएका छन् । राईले ३६ मत प्राप्त गर्दा थामीले १५ मत गरेका छन् ।

बुधबारदेखि सुरु भएको महासंघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अन्य पदाधिकारी भने निर्विरोध चयन गरेको छ ।

जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल चयन भएका छन् ।

यसैगरी, उप–महासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा विमल सारु मगर र सह–कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ