बागलुङको ग्वालिचौरबाट अटोमेटिक पेस्तोल र गोली सहित एक जना पक्राउ

बागलुङको ग्वालिचौरबाट अटोमेटिक पेस्तोल र गोली सहित एक जना पक्राउ

pestol-750×375

File Photo

बागलुङ।   एक थान अटोमेटिक पेस्तोल सहित जिल्ला प्रहरी कार्यालय बागलुङले एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नं -५ ग्वालिचौर निवासी ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरीले १ थान अटोमेटिक पेस्तोल र उक्त पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित बुधबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार रेश्मीको घरमा पेस्तोल रहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्दा ‘मेड इन जापान’ लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसहित रेश्मीलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds