पल शाहलाई अर्को मुद्दामा पनि थुनामा राख्न आदेश

पल शाहलाई अर्को मुद्दामा पनि थुनामा राख्न आदेश

Paul Shah 1

नवलपुर। नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई बुधबार राति तनहुँ लगेको छ ।

यसअघि, बुधबार नै शाहको पूर्वी नवलपरासी अदालतमा थुनछेक बहस सकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds