पोखरा । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको पोखराको लागि आधिकारिक बिक्रेता मल्टिस्टार मोटर प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एण्ड क्याच द क्यास’ अफर ल्याएको छ ।
अफर अन्तर्गत कम्पनीले यही चैत देखि २०७९ वैशाख ३१ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त हुनसक्ने अफर ल्याएको छ । स्क्र्याच कुपनका आधारमा ग्राहकले छुट पाउनेछन् ।
अफर अवधिभर खरीद गर्ने ग्राहक मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय रुपैयाँ गरिने कम्पनीले जनाएको छ । सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जनाइएको छ ।
मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । उक्त बाइकहरु ३ लाख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । सबैको पहुँचमा रहेको मोटरहेड बाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी मल्टिस्टार मोटर प्रा.लि.ले दिएको छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला