कास्की लिगमा ‘बि–१३’ शिर्ष स्थानमा

कास्की लिगमा ‘बि–१३’ शिर्ष स्थानमा

Kaski League (2)

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा सत्य युवा क्लब बाझापाटन शिर्ष स्थानमा रहेको छ ।

लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा शनिबार भएको खेलमा डेभिजफल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

सत्य युवा क्लबले ४ खेल खेल्दै कुल १२ अंक सहित शिर्षस्थानमा रहेको छ खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार अर्काे खेलमा नयांगाउँलाई युनाईटेड क्लबले ३–१ गोल अन्तरले हरायो । युनाईटेड क्लबले ३ खेल खेल्दै ३ अंक जम्मा गरेको छ ।

तेस्रो खेलमा रामघाटको अनुपस्थितिमा फुलबारी क्लबले वाक ओभरमार्फत विजयी बन्यो ।

यसैगी पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा ४ खेल सम्पन्न भएको खेल सहसंयोजक सुनिल गायकले बताए । उनका अनुसार पहिलो खेलमा हेम्जा युनाईटेड र नव आदर्श क्लब लामाचौर विच भएको खेल २–२ गोलको बराबरीमा रोकिदै दुवै टिमले समान १ अंक बाडेको छ । र उक्त खेलसँगै हेम्जा युनाईटेको ४ खेल खेल्दै ८ अंक बटुलेको छ ।

अर्काे खेलमा एलजी एशोसियसनले भ्याली स्पोर्टस् क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । त्यसैगरी तेस्रो खेलमा ड्यामसाईड क्लबले सँगम एफसीलाई ४–३ गोलले पराजित गर्‍यो।

अन्तिम खेलमा ईन्द्रेणी एकीकृतको अनुपस्थितिमा गार्डेन एफसी वाक ओभरमार्फत विजयी बन्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds