पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गत १६ चैतको महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार शपथ लिएका हुन् ।
महानगरले उपाध्यक्षमा राजेन्द्र जिसी र सदस्यमा दिनेशबाबु खड्का, जीवन बाटाजु, ऋषिसरा थापा, कुसुम गुरुङ, भरत बानियाँ, प्रिती बराल र अनुप पौडेललाई नियुक्त गरेको थियो । उनीहरुलाई महानगर प्रमुख मानबहादुर जिसीले शपथ गराएका हुन् ।
समितिको अध्यक्ष र सदस्य सचिव १० महिनाअघि नियुक्त भइसकेका थिए । अध्यक्षमा दिपकबहादुर गोदारलाई महानगरले गत जेठ पहिलो हप्ता र सदस्य सचिवमा सुवास खड्का असार पहिलो हप्ता नियुक्त भएका थिए ।
शपथपछि बोल्दै मेयर जिसीले देशका अरु पालिकामा बनेका समितिभन्दा उत्कृष्ट हुने गरी काम गर्न निर्देशन दिए । अन्य पालिकाका समितिसँग सहकार्य गरेर काम गर्न उनको सुझाव थियो । ‘यो नाममात्रैको समिति होइन । खेलकुद गतिविधिबाट पर्यटन प्रवद्र्धन गर्नुपर्छ । खेल विज्ञसँग बसेर कार्ययोजना र वार्षिक कार्ययोजना बनाएर काम गर्न आवश्यक छ,’ मेयर जिसीले भने । उनले महिलाहरुलाई पनि खेलकुद गतिविधिमा संलग्न गर्नेतर्फ पनि जोड दिन समितिलाई सुझाव दिए ।
त्यस्तै अध्यक्ष गोदारले खेलाडीलाई समितिको अपनत्व महसुस हुने वातावरण सिर्जना गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । पोखराको खेलकुद विकास समितिलाई देशकै उत्कृष्ट बनाउने नतिजा निस्कने गरी समिति खेल गतिविधिमा क्रियाशील रहने उनले बताए । पोखरामा रहेका खेल संस्थासँग सल्लाह सुझाव लिएर पोखरालाई खेलकुदमा नमुना सहर बनाउन प्रयास गर्ने उनले बताए ।
खेलकुद विकास, अनुसन्धान, अध्ययन, तालिमलगायत काम गर्ने गरी महानगरपालिकाले २०७५ सालमा खेलकुद विकास ऐन बनाएको थियो । महानगरका कर्मचारी पदेन सदस्य रहने समिति १५ सदस्यीय हुने व्यवस्था ऐनमा छ । खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने क्लब, संस्थाको दर्ता सूचीकरणको अधिकार पनि ऐनले समितिलाई दिएको छ ।
समितिको पहिलो बैठकले पदाधिकारी नियुक्त गरेकोमा महानगर कार्यपालिकालाई धन्यवाद दिने, कार्यालय व्यवस्थापनको काम अघि बढाउने र नेपाली नयाँ वर्ष २०७९मा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पोखरा रंगशालाभित्र समितिको कार्यालय बनाउन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइसकेको सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’