बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

Tractor Accident

प्रतीकात्मक तस्बिर

बाग्लुङ । बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

निसिखोला गाउँपालिका–६ मा आज बिहान रा १ त ४११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड सेरचनको घाइते भएका छन् । उनको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ