पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगको उपाधिका लागि शितल ज्योती युवा क्लब र हेम्जा युनाइटेड क्लब भिड्ने भएको छ ।
खेल संयोजक नर प्रसाद गुरुङका अनुसार रंगशालामा बुधबार भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै शितलज्योती फाईनलमा प्रवेश गरेको हो ।
शितलज्योतीको जितमा खेलको २९ औं मिनेटमा प्रतिक गुरुङले गोल गरे । त्यसैगरी ३५ औं मिनेटमा अविशेष थापाले दोस्रो गोल गरे । खेलको ५९ औं मिनेटमा सहिल गुरुङले तेस्रो गोल थपे भने दोस्रो हाफको ६५ औं मिनेटमा सरोज विकले निर्णायक गोल गरे ।
यता हार व्यहोरेको भ्यालीको तर्फबाट विजय गुरुङ, अजय श्रेष्ठ र सिद्धान्त गुरुङले समान १ गोल फर्काएका थिए ।
त्यसैगरी हेम्जा युनाईटेडले विष्णुपादुकालाई २–१ गोल अन्तरले हराएको संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार हेम्जा युनाईटेडको जितमा खेलको पहिलो मिनेटमै विशाल विकले गोल गर्दै अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा विष्णु पादुकाको तर्फबाट राजन थापाले १ गोल गर्दै खेल बराबरीमा फर्काए र निकै प्रतिस्पर्धात्मक भएको खेलमा ६० औं मिनेटमा हेम्जा युनाईटेडका कृष्ण खड्काले निर्णायक गोल गर्दै टिमलाई जिताए ।
अब आज बिहीबार फाईनल खेल शितलज्योती युवा क्लबसँग मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्ने संयोजक गुरुङले बताए ।
लिग विजेताले दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने गुरुङले जानकारी दिए ।
उनका अनुसार लिग विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार प्राप्त गर्ने एन्फा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’