बेनी–मालढुङ्गा सडकखण्ड दैनिक पाँच घण्टा बन्द

बेनी–मालढुङ्गा सडकखण्ड दैनिक पाँच घण्टा बन्द

beni road

म्यादी । बेनी–मालढुङ्गा सडकखण्ड स्तरोन्नतिका लागि आज शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवतजावत बन्द गरिएको हो।

सडक विस्तारको काम प्रभावित बनेपछि यातायात आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो।

एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ