मोरङका नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड

मोरङका नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड

Mr. Nepal

काठमाडौँ । ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् ।

शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

उनले मिष्टर नेपालको उपाधिसँगै नगद पुरस्कार रु पाँच लाख पाएका छन् । मिष्टर नेपाल वर्ल्ड विजेता बने सँगै श्रेष्ठले मिष्टर वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौँका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षीय समिप शाही थर्ड रनर्स अप र मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर्स अप भएका छन् । उनीहरुले क्रमशः रु. पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ