नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे लागि लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न राष्टिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाे छ । राखेपले ११ बैशाखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियाेगिता हुँदैछ ।
गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो । लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने छ ।
छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ ।
सम्बन्धित खबर
मंगोलिया विरुद्ध नेपाल २७३ रनले विजयी, कीर्तिमानको ओइरो
यू-१९ साफ च्याम्पियनशीप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन [तस्वीरहरू]
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव
गण्डकी प्रदेश लामाचौर भलिबल कप च्याम्पियन, पुलिस उपविजेता
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि