पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैयाँ संकलन भएको छ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबार सम्म ४७ लाख रुपैयाँ संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए।
महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैयाँ महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको हो ।

मनकामना केवलकारका संचालक राजेश बाबु श्रेष्ठले दोश्रो महायज्ञमा पनुः ५ लाख रुपैयाँ सहयोग गरेका छन् । यस अघि पहिलो पटकको महायज्ञमा उनले २५ लाख सहयोग गरेका थिए । बागलुङ निवासी हाल पोखरा गलेश्वरचोक बस्दै आएका रिदम चापागाईले २ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गरेको आर्थिक उपसमिति संयोजक बरालले जनाए । महायज्ञको तेश्रो दिन मंगलबार पोखरा र पोखरा भन्दा बाहिरबाट दाताहरुको उल्लेखनिय रुपमा सहभागिता हुने भएको उनले बताए । दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए।
२०७३ फागुन ३ देखि १३ गतेसम्म संचाल नभएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको बताएका समितिका अध्यक्ष चन्द्रकान्त बरालले यस पाली करिब ६ करोड संकलन हुने अपेक्षा गरिएको जनाए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम रहेका छन्। बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिले जनाएको छ।

परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड (गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालयलगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो