पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो ।
संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे । खेलको ३७ औं मिनेटमा सञ्जय गुरुङले एक गोल गरी गोल अन्तर फराकिलो पारे ।
गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक पोखरामा आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टिम संगमले उपाधि सहित नगद ३ लाख प्राप्त गरेको छ भने उपविजेता रहेको सानो गौचरनले नगद १ लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा संगम क्लवका बिजय गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीको साथमा नगद २० हजार प्राप्त गरे गर्दा प्रतियोगितामा ४–४ गोल गरेका बगर भाई खलकका मनोज गुरुङ र संगम क्लवका नरेन्द्र जङ्ग गुरुङले जनही नगद ७ हजार ५ सय प्राप्त गरे ।
त्यसै गरी प्रतियोगितमा उत्कृष्ट डिफेन्डरमा संगमका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डरमा संगमका महेन्द्र गुरुङ, उत्कृष्ट गोल रक्षकमा संगम क्लवकै खिम बहादुर गुरुङ, र उत्कृष्ट स्टाइकरमा सानो गौचरनका शुक्र तामाङ घोषित भए । उनीहरुले ट्रफीको साथमा जनही नगद १५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, प्रतियोगिताका संयोजक दिल बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताका संयोजक गुरुङको अध्यक्षतामा कार्यक्रम समापन भएको हो । यहि वैशाख २ गते बाट शुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह