पल शाह प्रकरण : किशोरीले नवलपुरमा पनि बयान फेरिन्

पल शाह प्रकरण : किशोरीले नवलपुरमा पनि बयान फेरिन्

Paul Shah 1

नवलपुर। नायक पल शाह विरुद्ध जबर्जस्ती करणीको मुद्धा लगाएकी किशोरीले जिल्ला अदालत नवलपुरमा पनि आफूले लगाएको आरोप झुट्टाे भएकाे बयान दिएकी छन्।

बुधबार ती किशोरीले आफैले जबर्जस्ती करणीको मुद्धा दर्ता गरेको झन्डै एक महिनापछि शाहबाट बलात्कृत नभएको बताएकी हुन्। उनले पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको दाबी गरेकी छन् ।

उनले अरुको उक्साहटमा आएर शाहमाथि बलात्कारको आरोप लगाएको बताएकी हुन्। उनी लगत्तै उनको बुवाको पनि बयान हुनेछ।

यस अघि जिल्ला अदालत तनहुँमा पनि उनी सहित उनका बुवाले अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ