पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित एक किशोरलाई पक्राउ गरेको छ।
बुधबार साँझ पोखरा महानगरपालिका वडा नं -३० पावरहाउसबाट लागु औषध सहित एक किशोरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी बर्दघाट न.पा. वडा नं -१६ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाईड बस्ने १८ वर्षीय रन्जन सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले पावरहाउस स्थित चेकजाँच गर्दा तनहुँबाट पोखरा तर्फ आउंदै गरेको बसमा सवार सुनारको साथबाट डाईजापाम -५० एम्पुल, फेनेरागन -५० एम्पुल र नुर्फिन–५० एम्पुल गरी जम्मा -१५० एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि