पोखरा । कास्की प्रहरीले पशु सम्बन्धी कसुर गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर -१९ निवासी २३ वर्षीय सुदिप परियारलाई प्रहरीले पशु सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्किका अनुसार परियारले पोखरा -१६ जोगिमणी मार्ग स्थित सार्वजनिक स्थानमा कुकुरको घाँटिमा प्लास्टिकको डोरीले पासो लगाई रुखमा झुण्ड्याएर मारी सेती नदिको खोँचमा फालेका थिए । साथै, उनले उक्त घटनाको भिडियो समेत बनाएर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।
पशु सम्बन्धी कसुर गरी उक्त अपराधको भिडियो फेसबुकमा पोष्ट गरेको भन्ने सूचना पश्चात अनुसन्धानमा खटिएको कास्की प्रहरीको टोलिले परियारलाई बिहीवार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट वरामद गरेको मोवाइल तथा उनले चलाउंदै आएको फेसबुकमा समेत उक्त भिडियो पोष्ट भएको अवस्थामा फेला पारेको छ ।
पक्राउ परेका उनिमाथि जिल्ला अदालत कास्कीबाट पशुपंक्षी सम्बन्धी कसुरमा ९ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीको जागिर चट्
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
नायक अनमोल केसी पक्राउ, १० लाख लिएर ‘रावायण’ नखेलेको आरोप
तनहुँका दुई मेडिकल सञ्चालक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल