तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले युवकको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
शुक्लागण्डकी नगरपालिका वडा नं -५ गल्छिना निवासी २९ वर्षीय विशाल ढुंगानाको हत्यामा संग्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -१० निवासी ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका -८ निवासी २५ वर्षीय सुशिल बिक र वडा नं -३ निवासी ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।
प्रहरीका अनुसार मृतक ढुंगाना घर परिवारसँग सम्पर्कबिहिन रहेको भन्दै परिवारले खोजिका लागि ईलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएका थिए। निवेदन पश्चात कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजीकार्यकै क्रममा सोही नगरपालिकाको वडा नं ४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा ढुंगानालाई फेला पारेको थियो।
मृतक फेला परेको स्थान र शवको प्रकृति हेर्दा हत्याको आशंका लागेपछि प्रहरीले विशेष प्रहरीको टोली बनाई अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा उल्लेखित व्यक्तिहरुको संग्लग्नता रहेको देखिएपछि टोलीले आइतबार बिहान शुक्लागण्डकी- १० ढोरफिर्दीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण