काठमाण्डौ। विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको जनाएको छ ।
मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन ।
साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ च्यानलबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेकाहरुको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।
आयात बन्द गरिएका वस्तुहरु
१) कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु
२) सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३) चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक)
४) हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५) मोबाइल सेट
६) रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि)
७) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)
८) २५० सीसीभन्दा माथिका मोटरसाइकल
९) सबै प्रकारका खेलौनाहरु
१०) खेल्ने तास
सम्बन्धित खबर
८०० रुपैयाँले घट्यो सुनको मूल्य
घट्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदी कतिमा हुँदैछ कारोबार?
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि