म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

accident a

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसान रहेका छन् ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल बाङ्गेपहिरोमा दुर्घटना हुँदा किसानको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ