पोखरा । भूगोलको हिसाबले कास्कीकै ठूलो पालिका हो, मादी गाउँपालिका। मादीको नेतृत्व गर्न नेकपा (एमाले)बाट युवा नेता शिवबहादुर गुरुङ (महेन्द्र) चुनावी प्रचारप्रसारमा जुटेका छन्। पोखरा बस्ने मादी गाउँपालिकाका मतदाताबीच एमालेबाट उम्मेद्वार बनेकाको परिचयात्मक कार्यक्रम बिहीबार गरिएको छ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको विशेष उपस्थितिमा पोखरामा बस्ने मादी गाउँलेबीच अध्यक्ष, उपाध्यक्ष, १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारको परिचयाच्मक कार्यक्रम गरिएको हो । मादी गाउँपालिकामा एमालेबाट प्रमुखमा महेन्द्र र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार छन्।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार गुरुङले पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको पालिका सरकारले प्रशंसालायक काम गरेकाले गाउँबासीले फेरि एमाले रोज्ने दाबी गरे । पर्यटन, कृषि क्षेत्र विकास, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याएर मादीको विकासमा सक्रिय हुने गुरुङले बताए।

जनताको पीडा र हाँसो दुवै बखत आफू साथमा हुने गुरुङले बताए । मादीको पदयात्रा पर्यटनमा थप विकासका योजना ल्याउने उनले सुनाए। आफूसँग भिजन भएका नेतृत्वको एमालेको टिमबाटै मादीमा विकास निर्माण सम्भव भएको गुरुङको जिकिर छ। ‘एमाले नै विकास निर्माण गर्ने पार्टी हो भन्ने बनाउन अघि बढेका छौँ,’ गुरुङले भने, ‘मैले जितेमा मादीबासीको मत खेर जाँदैन। अपवित्र गठबन्धनलाई टुक्राएर, धमिल्याएर म नेतृत्वको टिम मादीको विकासमा लाग्छ।’
गाउँमा एमालेको लहर देखेर गठबन्धन कमजोर भइसकेको अध्यक्षका उम्मेद्वार गुरुङको टिप्पणी छ। ‘गाउँ एमालेमय छ। यो संकेतले गठबन्धनको मुटु भइँमा खसिसकेको छ,’ उनले भने, ‘१२ वटै वडाका साथीहरु अपवित्र गठबन्धनको मुटु भइँमा खसेर कमजोर भएकाले निर्धक्क साथ जनताको घरमा गएर एमालेका योजना बुझाउँछौँ र मत माग्छौँ।’
नेकपा (एमाले)बाट मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन्। मादीमा शुक्रबारदेखि घरदैलो कार्यक्रम गर्ने एमालेको तयारी छ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु