पोखरा । पोखरा महानगरपालिका, वडा नं. ८ मा पुनः रुद्रनाथ बराललाई जिताउन अभियान सुरु भएको छ । सोमनाथ बराल संयोजक तोक्दै नेकपा (एमाले) वडा नं. ८ इकाई कमिटिको एक भेलाले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
कमिटिको सहसंयोजकमा मुक्तिनाथ चालिसे, किरण गौतम र सपना कुँवर सापकोटा तथा सचिवमा दीपक घिमिरे र उपसचिवमा गिरीधारी अधिकारीलाई चयन गरेको छ । ५ वर्ष सफलतापूर्वक वडा हाँकिसकेका बराललाई पुनः नेतृत्व प्रदान गर्ने वडाबासीको चाहना रहेको संयोजक सोमनाथ बरालले बताए ।
उनका अनुसार शुक्रबारसम्ममा सम्पूर्ण उपकमिटिहरु गठन हुनेछन् । चुनाव हाँक्नका लागि आर्थिक, सांस्कृतिक, महिला परिचालन लगायतका कमिटि गठन गरिनेछ । वैशाख १८ गते, श्रमिक दिवसको दिनबाट उम्मेदवार परिचयात्मक तथा घरदैलो कार्यक्रम सुरु हुने संयोजक बरालले जनाए ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका कारण पार्टीले पुनः रुद्रनाथ बराललाई पोखरा ८ को टिकट दिएको उनले बताए । वडा नं. ८ का लागि खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहेका छन् । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि पोखरा ८ निवासी नै हुन् ।
एमाले पोखरा ८ अध्यक्ष अर्जुन श्रेष्ठले वडामा उम्मेदवारहरुलाई विजयी बनाउन र मेयर तथा उपमेयरमा वडाबाट बढी भन्दा बढी भोटका लागि वडाबासी सक्रिय रुपमा लाग्ने बताए ।
भेलामा अतिथिहरू गण्डकी प्रदेश कमिटि सदस्यहरू नरेन्द्र मित्रकोटी, ध्रुवराज पौडेल र प्रवेशचन्द्र उप्रेती, जिल्ला कमिटि सदस्य तथा वडा ईञ्चार्ज परशुराम बराल, जिल्ला कमिटि सदस्य एवं वडाका सहईञ्चार्जहरु डिल कुमारी पौडेल र रामु गुरूङ, महानगर कमिटि सचिवालय सदस्य, चेतन कार्की लगायतले यसपटक सबै सूर्य ध्वजाबाहक उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताए ।
कार्यक्रममा वडा इकाई सचिव दीपक घिमिरेले सञ्चालन तथा उपसचिव गोविन्द बरालले स्वागत गरेका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५ हजार ७ सय २४ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ६ हजार ७ सय ६४ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा १ हजारभन्दा धेरै मतदाता बढेका छन् । पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन १३ सय ४४ सदस्यीय महानगर चुनाव परिचालन कमिटि गठन भईसकेको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?