पोखरा । आउदो बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा कास्कीको ५ पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षमा ८२ मध्ये नेकपा एमालेले गुरुङ समुदायबाट ३० उम्मेदवार उठाएको छ।
पोखरा महानगरपालिका, रुपा गाँउपालिका, मादी गाउपालिका, माछापुच्छ्रे गाउपालिका र अन्नपुर्ण गाँउपालिका गरी महानगरपालिका प्रमुख १, उपप्रमुख १, गाउपालिका अध्यक्ष ४ जना, उपाध्यक्ष ४ जना र वडाध्यक्षहरु ७२ जना मध्ये पोखरा महानगरपालिका उपप्रमुख, मादी गाउपालिका अध्यक्ष उपाध्यक्ष, माछापुच्छ्रे गाउपालिका अध्यक्ष, रुपा गाउपालिका उपाध्यक्ष सहित २५ जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको हो।
एमालेले पोखरा महानगरपालिकामा मञ्जुदेवि गुरुङलाई पुनः उपप्रमुख(उपमेयर), मादी गाउपालिका अध्यक्षमा शिवबहादुर गुरुङ(महेन्द्र), उपाध्यक्षमा कल्पना गुरुङ, माछापुच्छ्रे गाँउपालिकाको अध्यक्षमा बिक्रम गुरुङ र रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङलाई पुनःउपाध्यक्षको प्रत्यासी बनाएको हो।
यसरी नै पोखरा महानगरपालिकाको ३३ वडाहरु मध्ये ८ वटा वडाहरुमा एमालेले गुरुङ समुदायबाट वडाध्यक्षका लागि उम्मेदवार उठाएको छ। जसमध्ये पोखरा महानगरपालिका वडा नं.९ को वडाध्यक्षमा प्रेम गुरुङ,वडा नं. १०मा पवित्रादेवी गुरुङ, वडा नं. ११ मा मिनबहादुर गुरुङ, १४ मा ढोलबहादुर गुरुङ, १६ मा राजेश गुरुङ, २२ मा प्रकाश गुरुङ, २८मा बैनबहादुर गुरुङ र वडा नं. २९ मा श्रीप्रसाद गुरुङलाई वडा नेतृत्वको जिम्मेवारी दिइएको हो। उनीहरुमध्ये वडा नं.११ का मिनबहादुर गुरुङ र १६ का राजेश गुरुङ यस अघि वडा सदस्य निर्वाचित भएका थिए ।
सात वटा वडा रहेको रुपा गाउपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनःउपाध्यक्षमा र वडा नं.६का वडाध्यक्ष नारायण गुरुङ पुनः वडाध्यक्षमै दोहोरिएका हुन् ।
मादी गाँउपालिकामा युवा नेता शिवबहादुर गुरुङ(महेन्द्र)लाई पालिका अध्यक्ष र वडा सदस्य निर्वाचित भई सेवा गरिसकेकी नायिका कल्पना गुरुङलाई उपाध्यक्ष, वडा नं. १ को वडाध्यक्षमा उमरबहादुर गुरुङ(सन्तोष), २ वडाध्यक्षमा पुनः एकाजंग गुरुङ, वडा नं ३ को वडाध्यक्षमा ज्यामप्रसाद गुरुङ, ५ को वडाध्यक्षमा सुब्बा गुरुङ,वडा नं ७ को वडाध्यक्षमा रामप्रसाद गुरुङ, वडा नं ८ को वडाध्यक्षमा प्रेम गुरुङ र वडा नं. ९ को वडाध्यक्षमा मनोज गुरुङलाई उम्मेदवार बनाइएको छ। १२ वटा वडा रहेको मादीमा अध्यक्ष, उपाध्यक्षसहित ७ वडामा वडाध्यक्षका लागि अवसर दिएको हो।
यसै गरी ९ वटा वडा रहेको माछापुच्छ्रेमा भने अध्यक्षमा विक्रम गुरुङसहित ४वटा वडाहरुमा गुरुङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छ । वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं १को वडाध्यक्षमा अनुप गुरुङ, वडा नं २ को वडाध्यक्षमा केशकुमारी गुरुङ, वडा नं ५ को वडाध्यक्षमा यामबहादुर गुरुङ र वडा नं ७ को वडाध्यक्षमा अमर गुरुङलाई नेकपा एमालेले उम्मेदवार बनाएकोछ।
यसैगरी ११ वटा वडा रहेको अन्नपुर्ण गाँउपालिकामा ५ जना गुरुङ नेताहरुले वडाध्यक्षको उम्मेदवारी पाएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं ७ मा भरतमान गुरुङ,वडा नं ८ मा मिनाकुमारी गुरुङ, वडा नं ९ मा वडाध्यक्ष रमेश गुरुङ, १० मा कुमार गुरुङ र वडा नं ११ बाट वडाध्यक्षमा पुनः हिमबहादुर गुरुङ नेकपा एमाले)ले निर्वाचनमा उम्मेदवार बनाएको हो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु