पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका ११ जिल्लमा खेलाडी छनौट सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना जारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यहि २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुदले जिल्ला खेलकुदहरुलाई आह्वान गरेको हो ।
सो बारे जानकारी दिंदै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनौटको तयारी सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना पठाइएको बताए । उनले भने– ‘यो गण्डकी प्रदेशको गौरवको कार्यक्रम हो भने खेलाडीहरुको लागी महाकुम्भ हो । हामीले छोटो समयमा हामीले धेरै कामहरु सम्पन्न गर्नुछ ।’
जिल्ला बाट छनौट भएर खेलाडीको नामावली आइसेकपछि प्रदेशस्तरिय छनौट खेल हुने र बन्द प्रशिक्षण समेत गरिने सदस्य सचिव गुरुङले जनाए ।
नवौं राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै निर्णय गरिसकेको छ भने केही प्रदर्शनीका रुपमा खेलहरु समावेश गरिने भएको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95418″ /]
सम्बन्धित खबर
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो