जिल्लामा खेलाडी छनौट गर्न प्रदेश खेलकुद गण्डकीद्वारा आह्वान [सूचनासहित]

जिल्लामा खेलाडी छनौट गर्न प्रदेश खेलकुद गण्डकीद्वारा आह्वान [सूचनासहित]

logo-province-final-780×470

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका ११ जिल्लमा खेलाडी छनौट सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना जारी गरेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा यहि २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुदले जिल्ला खेलकुदहरुलाई आह्वान गरेको हो ।

सो बारे जानकारी दिंदै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनौटको तयारी सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना पठाइएको बताए । उनले भने– ‘यो गण्डकी प्रदेशको गौरवको कार्यक्रम हो भने खेलाडीहरुको लागी महाकुम्भ हो । हामीले छोटो समयमा हामीले धेरै कामहरु सम्पन्न गर्नुछ ।’

जिल्ला बाट छनौट भएर खेलाडीको नामावली आइसेकपछि प्रदेशस्तरिय छनौट खेल हुने र बन्द प्रशिक्षण समेत गरिने सदस्य सचिव गुरुङले जनाए ।

नवौं राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै निर्णय गरिसकेको छ भने केही प्रदर्शनीका रुपमा खेलहरु समावेश गरिने भएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95418″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds