नवलपुरमा राप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी

नवलपुरमा राप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी

aago

नवलपुर । नवलपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार तथा पार्टीको वडा कार्यालयमा आगजनी भएको छ।

शुक्रबार राति कावासोती नगरपालिका–१६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालमा आगजनी भएको हो ।

अज्ञात समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानार्षण गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ