कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बाबु गम्भीर घाइते

कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बाबु गम्भीर घाइते

pp13

पोखरा । कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।

आज बिहान अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार पर्वतको कुश्मा नगरपालिका ४ की १८ वर्षीया सुजिना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतक सुजिनाको बुबा (मोटरसाइकल चालक) ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भइरहेको छ ।

फरार रहेका कार चालक सम्पर्कमा आइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ