कमला राना मगर, नवलपुर। पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आक्रमण भएको छ ।
हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पाण्डेले बताइन् ।

आक्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेले बताईन । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहार गरियो । निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।”
“पाण्डे भन्छिन, हार मानसिकताका कारण आक्रमण गरियो । ” पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए ।
“एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन” कुमाल भन्छन “स्थिती नियन्त्रण बाहिर थियो । ”

गाडीमा अध्यक्ष पदकी उम्मेद्बार पाण्डे सहित उपाध्यक्ष पदका उम्मेद्बार पुर्ण सिं राना समेत थिए । अहिले दुबैको कावासोती स्थित कालिगण्डकि अस्पतालमा उपचार भइरहेको छ ।
काङ्ग्रेस हुप्सेकोटका सभापति बलबहादुर रानाले निर्वाचनमा हार निस्चित देखेपछी एमाले आक्रमणमा उत्रिएको बताए । उनले घटनाको भत्सना गर्दै कानुनी उपचार खोजिने जानकारी दिए ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी