होटलमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँमा १९ वर्षीय किशोर पक्राउ

होटलमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँमा १९ वर्षीय किशोर पक्राउ

raper1

तनहुँ। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -६ निवासी १९ वर्षीय रोशन मगरलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

मगरले बुधबारराति शुक्लागण्डकी -४ दुलेगौडास्थित होटल एण्ड लजमा लगेर जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds