पर्वतको महाशिलामा एमाले विजयी

पर्वतको महाशिलामा एमाले विजयी

umlemale1615272529_1200

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा एमालेले जितेको छ।

एमालेका इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका अशोक उचै ठकुरीलाई ४ सय ४० मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

भुसालले २ हजार ७४३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी ठकुरीले २ हजार ३०६ मत पाए।

उपाध्यक्षमा पनि एमालेकी धनसुवा विक निर्वाचित भएकी छन्।

उनले गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका विराज हमाललाई ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन्।

विकले २ हजार ७०६ मत ल्याउँदा समाजवादीका हमालले १ हजार ९६९ मत प्राप्त गरे।

६ वटा वडा रहेको महाशिलामा वडा नं ५ लुंखुमा गठबन्धनको तर्फबाट कांग्रेस विजयी भएको छ भने अन्य ५ वडाहरुमा एमालेले प्यानल सहित विजयी भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds