तनहुँको शुक्लागण्डकीबाट २६ क्युफिट सालको काठ सहित ४ जना पक्राउ

तनहुँको शुक्लागण्डकीबाट २६ क्युफिट सालको काठ सहित ४ जना पक्राउ

Kath’

तनहुँ। तनहुँको शुक्लागण्डकीमा सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका -३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका -६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, सोही नगरपालिका-६ नौबिसे बस्ने २५ वर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका-७ बस्ने ३२ वर्षीय सोम बहादुर नेपाली रहेका छन् ।

प्रहरीका अनुसार शुक्लागण्डकी -७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट उक्त सालको काठ उनीहरूले ग १ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले फेला पारी काठ लोड भएको ट्याक्टर सहित उनीहरूलाई पक्राउ गरेको हो ।

हाल उनीहरूलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ