तनहुँ। २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिकले पीडित महिलालाई सोही नगरपालिका -१० छाब्दीस्थित जंगलको झाडीमा लगेर जेठ १ गतेको साँझ जबर्जस्ती करणी गरेका हुन्। उनीविरुद्ध जबर्जस्तीको उजूरी पश्चात ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनीमाथि जबर्जस्ती करणी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।