चट्याङ लागेर ढोरपाटनमा एक किशोरको मृत्यु, चार घाइते

चट्याङ लागेर ढोरपाटनमा एक किशोरको मृत्यु, चार घाइते

chatyang photo

बागलुङ। चट्याङ लागेर बागलुङको ढोरपाटनमा एक किशोरको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन्।
आइतबार दिउँसो परेको चट्याङका कारण ढोटपाटन नगरपालिका -७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको हो ।

घटना लगत्तै घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएकोमा विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते अन्यलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ