पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ। एमालेका प्रतिनिधि मतगणना स्थलमा नगएपछि मतगणना रोकिएको हो।
पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना रोकिएको छ।
नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ। त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो।
वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो।