पोखरामा लागु औषध सहित तीन जना पक्राउ

पोखरामा लागु औषध सहित तीन जना पक्राउ

lagu-aaushadh

कास्की प्रहरीले अवैध लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले पोखरा -२६ जरुवा स्थित चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका तीन जनालाई लागु औषध सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा -२६ जरुवा बस्ने वर्ष ३० वर्षीय किशोर परियार, पोखरा -३१ लामास्वारा बस्ने वर्ष ३१ को बिक्की भन्ने विकास गुरुङ र पोखरा – २६ जरुवा बस्ने वर्ष ३४ को ज्ञान बहादुर पुन रहेका छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार प्रहरीले उनीहरुको साथबाट लागु औषध डाईजापाम -३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा -९० एम्पुल सहित नाईट्रोभ्याट १५ ट्याबलेट वरामद गरेको छ।
पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ